अमेरिकामा बीमा कम्पनीका सीईओको हत्या आरोपीविरुद्ध मुद्दा दायर
वासिङटन डीसी । अमेरिकाको बीमा कम्पनी युनाइटेड हेल्थकेयर इन्स्योरेन्स कम्पनीका सीईओ ब्रायन थम्पसनको हत्या प्रकरणमा म्यानह्याटनका न्यायाधीशले अभियुक्तविरुद्ध अभियोग चलाएका छन् । मंगलबार आरोपी लुइगी मङ्गियोन विरुद्ध ११ वटा अभियोग चलाइएको हो ।
डिसेम्बर ४ मा थम्सनको हत्या मामिलामा उनीमाथि हत्या, गोलीबारी र आतङ्कवाद जस्ता अभियोग लगाएर मुद्दा चलाइएको छ । दोषी प्रमाणित भए भने मङ्गियोनलाई आजीवन कारावासको सजाय हुन सक्ने समाचारहरू आइरहेका छन् ।
थम्सनको हत्यालाई न्यूयोर्कको म्यानहट्टनका जिल्ला न्यायाधिवक्ता एल्भिन ब्रागले भयानक र सुनियोजित हत्या बताएका छन् । हत्या सहरको भिडभाड भएको क्षेत्रमा गरिएकोले स्थानीय जनता, पर्यटक र व्यापारीको सुरक्षामा समेत खतरा उत्पन्न भएको उनले बताए । यही कारण २६ वर्षीय मङ्गियोनमाथि आतङ्कवादको आरोप पनि लगाइएको छ । आरोप सिद्ध भएमा मङ्गियोनीलाई आजीवन कारावास हुन सक्नेछ ।
डिसेम्बर ४ मा न्युयोर्कको मिडटाउन मेन होटल बाहिर युनाइटेड हेल्थकेयरको पछाडिपट्टि ५० वर्षका ब्रायन थम्पसनलाई मास्क लगाएका व्यक्तिले गोली हानेका थिए । युनाइटेड हेल्थकेयर अमेरिकाको सबैभन्दा ठुलो स्वास्थ्य बीमा कम्पनी हो । घटनाको ५ दिनपछि प्रहरीले अभियुक्त मङ्गियोनलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण