याक्खा ओभरसिजका सञ्चालक पक्राउ, अख्तियारका पूर्व प्रमुखका छोरा फरार
काठमाडौं– राजधानीको महाराजगञ्जस्थित याक्खा ओभरसिजका सञ्चालक भीम रोका पक्राउ परेका छन् । रोकाले अख्तियारका पूर्व कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको छोरासँग पार्टनरसिपमा मेनपावर सञ्चालन गर्दै आएका थिए ।
भीम रोकालाई ठगी अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिएका छन् । रोका यसअघि चेलिबेटी बेचविखन गरेको अभियोगमा ६ बर्ष जेल बसेर निस्केका थिए ।
रोकासँगै पार्टनरसिपमा मेनपावर सञ्चालन गर्दै आएका अख्तियार पूर्वप्रमुख दिप बस्न्यातका छोरा कमल बस्न्यात भने फरार भएका छन् । बुधबार प्रहरी टोली कमल समेतलाई नियन्त्रणमा लिन पुगेको तर उनी भागेको प्रहरी स्रोतले जनाएको छ ।
सरकारले केही दिनयता मलेसियामा कामदार पठाउने नाममा ठगी गर्ने मेनपावर व्यवसायी र मेडिकल गराउने नाममा धेरै रकम लिएर ठगी गर्ने मेडिकल व्यवसायीहरुलाई नियन्त्रणमा लिँदै आएको छ ।
मलेसियामा कामदार पठाउने कम्पनीहरुले ट्याक्स छली गर्ने गरेको र थोरै रकमको रसिद दिएर कामदारसँगै धेरै रकम लिएर ठगी गर्दै आएको बताइएको छ । कमल बस्न्यातले याक्खा बाहेक मोगार्न ह्युमान रिसोर्स कन्सल्टेन्सी नामक अर्को मेनपावर कम्पनी पनि सञ्चालन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण