नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौँ : सोमपाल कामी
काठमाडौँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले लिगका प्रदर्शन र नतिजा भुलेर प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा हेरेर खेलेको बताएका छन् । चितवन राइनोजमाथि जित निकालेपछि पत्रकार सम्मेलनमा कर्णालीका कप्तान सोमपालले यसअघि जे जस्तो प्रदर्शन भएपनि प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा लिएको प्रतिक्रिया दिएका हुन् ।
उनले टस जिते पनि आफ्नो लक्ष्य ब्याटिङ गर्ने नै लक्ष्य रहेको उल्लेख गरे । यसअघि ब्याटिङमा राम्रो सुरुवात चाहे पनि पाउन नसक्दा विकल्प खोजी रहँदा जयकिसन कोल्सावालालाई भित्राएको उनको भनाइ छ । अगाडिदेखि नै नेपाली क्रिकेटबारे जानकार कोल्सावालासँग कुराकानी पनि भइरहेको पनि उनले खुलासा गरे । कोल्सावालालाई दिएको जिम्मेवारी अनुरूप उनले राम्रोसँग काम गरेको सोमपालको भनाइ छ ।
कुन खेलाडीले कति रन बनायो भन्नेकुरा ध्यान दिनेभन्दा पनि बोर्डमा कुल कति रन बन्यो भन्ने ध्यान दिएको सोमपाल बताउँछन् । १६० रनको जति लक्ष्य बनाउने योजना बनाए पनि धेरै भन्दा आफू खुसी रहेको उनको भनाइ छ । उनले लिगमा आफ्नो टोली प्लेअफसम्म पुग्दैन की भन्ने चिन्ता रहेको बताए । तर बलरहरूले राम्रो गरेर यहाँसम्म ल्याएको र अब फाइनलसम्मको लक्ष्य देखेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण