चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ
बुधबार, ०३ पुस २०८१, १६ : ०४
काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा प्रहरीले पछिल्लो ४ महिनामा ९ जनालाई पक्राउ गरेको छ । २०८१ साउनदेखि कार्तिकसम्म इन्टरपोलसँग समन्वय गरेर विदेशमा लुकेर बसेका ९ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले बताए ।
२०८१ साउनपछि एनसीबी काठमाडौँको आग्रहमा इन्टरपोल मुख्यालयले नेपालमा अपराध गरेर भागेका १२ जनाविरुद्ध रेड नोटिस जारी गरेको थियो । तीमध्ये ९ जना पक्राउ परेका हुन् । अन्य ३ जनाको खोजीकार्य जारी रहेको एसएसपी अधिकारीले जानकारी दिए ।
गत आर्थिक वर्षको साउनदेखि कार्तिक सम्मको अवधिमा रेड नोटिस जारी भएका जम्मा १ जनामात्र पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा एकतिहाइ मात्र मल आपूर्ति
-
कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने
-
होशियार ! शरीरमा हुने यी ७ परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छन्
-
मधेस प्रदेश : बजेट विवाद समाधानका लागि कार्यदल गठनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण