इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
तेहरान । इरानले महिलाहरूको हिजाबसँग सम्बन्धित विवादास्पद कानुन अहिलेको लागि रोकिदिएको छ । सन् २०२२ देखि नै इरानमा हिजाबारे विवाद चलिरहेको थियो । महसा ‘झिना’ अमिनीको मृत्युले त्यहाँ हिजाबसम्बन्धी विवादको उब्जाएको थियो ।
हिजाब ड्रेस कोड उल्लङ्घन गरेको मामिलामा महसा पक्राउ परेकी थिइन् । प्रहरी हिरासतमा उनको मृत्यु भएपछि देशभरमा सनसनी मच्चियो ।
सरकारलाई चुनौती दिँदै महिलाहरूले हिजाब नलगाउने आन्दोलन सुरु गरे र हिजाब नियमको अवज्ञा गर्न थाले । यही मामिलामा विश्वभर इरानको आलोचना भयो । हिजाब कानुन अन्तर्गत इरानमा आफ्नो कपाल, हात वा घुँडाभन्दा तलको खुट्टाको हिस्सा पूरै नढाक्ने महिलालाई कठोर दण्डको व्यवस्था छ ।
यसमा १५ वर्षसम्मको जेल सजाय पनि छ । यो कानुन गएको शनिवार नै लागू हुने वाला थियो । तर इरानको राष्ट्रिय सुरक्षा परिषद्ले यो विवादास्पद कानुनमा रोक लगाइदिएको छ ।
राष्ट्रपतिले गरेका थिए विरोध
इरानी राष्ट्रपति मसूद पेजेस्कियानले भने यसअघि पनि यो कानुनको विरोध गरेका थिए । विधेयकमा प्रस्तावित सजायलाई मसुद पेजेस्कियानले अस्वीकार गरेका थिए । ऐन अस्पष्ट रहेको र सुधारको आवश्यकता रहेको उनले बताएका थिए । पहिला महिलाको टाउकोबाट जबरजस्ती हिजाब हटाउन नसके जस्तै गरी उनीहरूमाथि यसलाई थोपर्न पनि नमिल्ने पेजेस्कियानको भनाइ थियो ।
आफ्ना महिला र छोरीहरूमाथि आफ्नो इच्छा थोपर्ने अधिकार आफूहरूमाथि नभएको उनको भनाइ थियो । दमन गर्ने पहिलेदेखिकै प्रणालीलाई अझ बलियो बनाउन इरानी अधिकारीहरूले प्रयास गरिरहेको मानवअधिकार सङ्गठन ‘एम्नेस्टी इन्टरनेशनल’ ले बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण