अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प

वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी देश क्यानडालाई लिएर फेरि एकपटक बयान दिएका छन् । यसअघि नै सीमामा कडाई नगरे क्यानडाबाट अमेरिका आउने सामानमा अतिरिक्त कर लगाउने चेतावनी ट्रम्पले दिइसकेका छन् ।
अब भने सामाजिक सञ्जाल मञ्च टुथ सोशलमा एउटा पोष्टमा उनले क्यानाडाका अधिकांश नागरिकहरू आफू अमेरिकाको ५१ औं राज्य बन्न पाए पनि हुन्थ्यो भन्ने चाहन्छन् भनेका छन् ।
‘हामीहरूले वर्षेनी क्यानडालाई १ अर्ब डलरभन्दा धेरैको अनुदान किन दिन्छौं भन्ने कुराको जवाफ दिन कसैले सक्दैनन् । यसको कुनै अर्थ पनि छैन ! क्यानडाका धेरै जसो नागरिकहरू चाहन्छन् कि आफू अमेरिकाको ५१ औं राज्यको बासिन्दा बनौं । यसो गर्दा उनीहरूको कर र सैन्य सुरक्षामा धेरै बचत हुनेछ । ५१ औं राज्य– मलाई पनि लाग्छ कि यो राम्रो विचार हो’ पोष्टमा उनले लेखेका छन् ।
केही दिनअघि ट्रम्पले सीमा भएर अवैध आप्रवासी प्रवेश र लागूऔषधको ओसारपसार रोक्न क्यानडा र मेक्सिकोमा कर लगाउनु आवश्यक भएको बताएका थिए । आफूले २० जनवरीमा राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने ‘कार्यकारी आदेश’ मा हस्ताक्षर गर्ने पनि उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र प्राविधिकको पारिश्रमिक बढ्ने, थपिँदै विभिन्न सुविधा
-
खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गर्छौ : मन्त्री यादव
-
यस्तो बन्दैछ नागढुंगा–नौबिसे सडकखण्ड, तस्बिरमा हेर्नुहोस्
-
आदि शंकराचार्य : जीवन, दर्शन तथा योगदान
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
रवि लामिछानेविरुद्धको मुद्दा सरकारी वकिलको अध्ययनमै