अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी देश क्यानडालाई लिएर फेरि एकपटक बयान दिएका छन् । यसअघि नै सीमामा कडाई नगरे क्यानडाबाट अमेरिका आउने सामानमा अतिरिक्त कर लगाउने चेतावनी ट्रम्पले दिइसकेका छन् ।
अब भने सामाजिक सञ्जाल मञ्च टुथ सोशलमा एउटा पोष्टमा उनले क्यानाडाका अधिकांश नागरिकहरू आफू अमेरिकाको ५१ औं राज्य बन्न पाए पनि हुन्थ्यो भन्ने चाहन्छन् भनेका छन् ।
‘हामीहरूले वर्षेनी क्यानडालाई १ अर्ब डलरभन्दा धेरैको अनुदान किन दिन्छौं भन्ने कुराको जवाफ दिन कसैले सक्दैनन् । यसको कुनै अर्थ पनि छैन ! क्यानडाका धेरै जसो नागरिकहरू चाहन्छन् कि आफू अमेरिकाको ५१ औं राज्यको बासिन्दा बनौं । यसो गर्दा उनीहरूको कर र सैन्य सुरक्षामा धेरै बचत हुनेछ । ५१ औं राज्य– मलाई पनि लाग्छ कि यो राम्रो विचार हो’ पोष्टमा उनले लेखेका छन् ।
केही दिनअघि ट्रम्पले सीमा भएर अवैध आप्रवासी प्रवेश र लागूऔषधको ओसारपसार रोक्न क्यानडा र मेक्सिकोमा कर लगाउनु आवश्यक भएको बताएका थिए । आफूले २० जनवरीमा राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने ‘कार्यकारी आदेश’ मा हस्ताक्षर गर्ने पनि उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण