कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
काठमाडौँ । भारतीय क्रिकेट टोली हाल अस्ट्रेलिया भ्रमणमा छ । यो भ्रमणका क्रममा भारतले घरेलु टोली अस्ट्रेलियासँग बोर्डर–गावस्कर शृंखलाअन्तर्गत पाँचवटा टेस्ट खेल्ने कार्यक्रम रहेको छ ।
आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न कडा संघर्ष गरिरहेको भारतीय टोली अस्ट्रेलिया भ्रमणका क्रममा हालसम्म सोचेजस्तो प्रदर्शन गर्न सकिरहेको छैन । शृंखलामा हालसम्म तीन टेस्ट खेलिसकिएको छ । पर्थमा खेलिएको पहिलो टेस्टमा भारत दुई सय ९५ रनले विजयी भएको थियो । एडलेइडमा खेलिएको दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो ।
ब्रिसबेनमा खेलिएको तेस्रो टेस्ट भने वर्षाका कारण बराबरीमा सकिएको थियो । तेस्रो टेस्टमा पनि भारतीय टोलीका ब्याट्सम्यानहरुको प्रदर्शन निकै कमजोर देखिएको थियो । अस्ट्रेलिया भ्रमणका क्रममा खासगरी भारतीय टोलीका कप्तान रोहित शर्माको प्रदर्शनको विषयलाई लिएर गम्भीर प्रश्न उठाइएको छ । भारतका पूर्वक्रिकेटरहरु पनि रोहितको प्रदर्शनबाट असन्तुष्ट छन् ।
अस्ट्रेलिया भ्रमणका क्रममा कप्तान रोहितको प्रदर्शनलाई लिएर अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि एउटा समाचार भाइरल बनाइएको छ । त्यसमा रोहितको प्रदर्शनलाई देखाइएको छ । खासमा, अस्ट्रेलिया भ्रमणका क्रममा खेलिएको टेस्टमा कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा टोलीका तीव्र गतिका बलर जसप्रित बुमराहले लिएको विकेट बढी देखिन्छ ।
रोहित शर्माले अस्ट्रेलिया भ्रमणका क्रममा दुई टेस्ट खेल्दै हालसम्म कुल १९ रन बनाएका छन् । उनको औसत ६.३३ रहेको छ । उनी पहिलो टेस्टमा भने टोलीमा सहभागी थिएनन् । तर, तीव्रगतिका बलर बुमराहले तीनवटा टेस्टमा कुल २१ विकेट लिइसकेका छन् । बुमराहले १०.१९ को औसतले विकेट लिएका छन् ।
यसक्रममा उनले दुईपटक पाँच–पाँच विकेट लिएका छन् । बुमराहले एक खेलमा चार विकेट पनि हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण