अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लेखा समितिको बैठक नबसेको गुनासो राज्यव्यवस्था समितिको बैठकमा पुगेर गरेका छन् । बैठक नबस्दा आफूहरूले बोल्ने मौकानै नपाएको गुनासो सिंहको छ ।
बिहीबार निजामती विधेयकमा संशोधन राख्न समिति प्रवेश गरेका सिंहले लेखा समिति सभापतिका कारण बैठक बस्न नसकेको बताए । लेखा समिति सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई पदबाट हटाउने र सहकारी ठगीमा मुछिएकी आफ्नी श्रीमतीलाई जोगाए पश्चात् मात्र बैठक बोलाउने तयारी गरेको उनले दाबी गरे ।
विगतमा आफू राज्यव्यवस्था समिति सदस्य हुँदा समिति सभापति शशि श्रेष्ठ रहेको र उनी मन्त्री बनेपछि समिति बैठक नबसेको प्रसंग निकाल्दै उनले गुनासो गरे ।
‘विगतमा यहाँ बोल्न पाइएन र लेखा समिति गएँ यसपटक‚’ उनले भने‚ ‘तर‚ यहाँ पनि उस्तै छ । लेखा समिति सभापतिले प्राधिकरणका कुलमानलाई हटाउन खोज्यो, हटाउन सकिएन । त्यसपछि समितिको बैठक नै बसेको छैन ।’
सभापतिले होटलमा लेखेको निर्णय समितिबाट पास गर्न नसकेर बैठक बस्न नसकेको उनले दाबी गरे ।
‘कुलमानलाई कारबाही गर्नका लागि सीआईबी, सम्पत्ति शुद्धीकरण र अख्तियारलाई लेखेर पठाउने । हामीजस्तो पीएचडी गरेको मान्छेले त्यस्तो निर्णय गर्न दिन्छ भन्ने लागेको थियो सभापतिलाई । हाम्रो पठाइको नै बेइज्जत हुन्छ‚’ उनले भने‚ ‘होटलमा लेखेर पेनड्राइभमा ल्याएर तीन दिन अगाडि निर्णय हातमा दिएको थियो । समिति सचिवालयमा सोध्दा प्रिन्टमात्र भएको र टाइप यहाँ नभएको भन्यो । निर्णय पारित गर्न नसकेदेखि लेखा समिति बन्द छ ।’
जुन समिति गएपनि आफ्नो कुरा राख्न नपाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण