विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
शुक्रबार, ०५ पुस २०८१, १२ : १४
काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबाथानस्थित कमलशा शिवालयको सत्संग भवनमा भारत पिलिभित ग्राम अन्दर कोदिभुड बस्ने ७० वर्षीय तल्लु राम राजभर मृत अवस्थामा फेला परेका छन् ।
यता रौतहट, इशनाथ नगरपालिका–६ बस्ने २८ वर्षीय लालु राउत आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौता टोलस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीय महिला मृत अवस्थामा फेला परेकी छिन् ।
ललितपुर महानगरपालिका–१८ जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगर काठमाडौँ कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण