विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
शुक्रबार, ०५ पुस २०८१, १२ : १४

काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबाथानस्थित कमलशा शिवालयको सत्संग भवनमा भारत पिलिभित ग्राम अन्दर कोदिभुड बस्ने ७० वर्षीय तल्लु राम राजभर मृत अवस्थामा फेला परेका छन् ।
यता रौतहट, इशनाथ नगरपालिका–६ बस्ने २८ वर्षीय लालु राउत आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौता टोलस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीय महिला मृत अवस्थामा फेला परेकी छिन् ।
ललितपुर महानगरपालिका–१८ जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगर काठमाडौँ कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक
-
नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव
-
कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न उर्जामन्त्रीको निर्देशन
-
यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?