सहकारी ठगी प्रकरण
जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता गर्ने तयारी
शुक्रबार, ०५ पुस २०८१, १४ : ५७
काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध शुक्रबार (आज)नै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध भने आइतबारमात्रै मुद्दा दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध म्याद शुक्रबार सकिने भएकाले मुद्दा दर्ता गर्न लागिएको हो । रवि लगायतको हकमा म्याद आइतबारसम्म बाँकी भएकाले दर्ता गरिने सरकारी वकिल कार्यालयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण