जीबी राईसहित १९ विरुद्ध दोस्रो मुद्दा दर्ता
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दुई चरणमा अभियोग पत्र दर्ता गर्ने भएको छ। सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ भने बाँकी प्रतिवादी विरुद्ध आइतबार मुद्दा गराउने तयारी गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीका प्रमुख कमला काफ्लेका अनुसार हदम्याद नभएकाले केही प्रतिवादीविरुद्ध आज पूरक अभियोग पत्र दर्ता भएको र बाँकीको हकमा आइतबारसम्म म्याद भएकाले दर्ता हुनेछ।
शुक्रवार ३ बजेसम्म कार्यालय समय भएकामा सरकारी वकिल कार्यालयका अधिकारी अन्तिम समयमा अदालत पुगेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको हकमा आतबार अर्को अभियोग पत्र पेस हुनेछ। आज मुद्दा दर्ता भएकाहरु सबै प्रतिवादीहरू फरार रहेका छन् ।
केहीको हकमा सम्पत्ति शुद्धीकरणको अभियोग पनि दाबी गरिएको छ ।
१९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ । यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी थियो भने सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण