सूर्यदर्शन सहकारी ठगी : पूरक अभियोगपत्र अदालतमा दर्ता, डेढ अर्ब बिगो दाबी
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले १९ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ । कास्की जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कार्यालयले १९ जनाको अभियोगपत्र दर्ता गरेको हो ।
कास्की प्रहरीले गरेको अनुसन्धान रिपोर्टका आधारमा उनीहरूलाई अभियोगपत्र दर्ता गरिएको अदालतका निमित्त श्रेष्तेदार ख्यामनारायण लामिछानेले जानकारी दिए ।
पूरक अभियोग दर्ता हुनेमा जीबी राईसहितका पदाधिकारीहरू छन् । तीमध्ये १६ जनालाई सहकारी दफा मात्रै थप भएको छ भने बाँकी २ जनालाई संगठित अपराध र जीबी राईलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराध र राष्ट्र बैंक कसुर थपिएको उनले सुनाए । प्रहरीले ५१ जनालाई प्रतिवादी बनाएको छ । बाँकी नयाँ प्रतिवादीहरूको अभियोगपत्र आइतबार मात्रै दर्ता हुने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका व्यक्तिहरूको आइतबार दर्ता हुने अदालतको भनाई छ ।
१९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ । यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी थियो भने सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण