आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलद्वारा सञ्चालित ३० औँ संस्करणको आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि एपिएफ स्कुल कीर्तिपुरले जितेको छ ।
घरेलु मैदानमा आज सम्पन्न फाइनल खेलमा आयोजक टिम एनपिएस (रेड) लाई ३–० ले पराजित गर्दै एपिएफ कीर्तिपुरले उपाधि जितेको हो । खेलको १९औँ मिनेटमा एनपीएस (रेड) द्वारा आत्मघाती गोल भएको थियो । खेलको ४४औँ मिनेटमा एफिएफका विकास बोहोरोले थप एक गोल गरेपछि एपिएफले २–० को अग्रता लिएको थियो ।
यस्तै खेलको ६५औँ मिनेटमा एपिएफका अबिन बस्यालले थप एक गोल गरेपछि ३–० को फराकिलो अन्तरले प्रतियोगिताको उपाधि जितेको हो । आयोजक स्कुलको टिम एनपिएस ‘रेड’ ले नेपाल पुलिस स्कुल दाङलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल धरानलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपिएफ स्कुल कीर्तिपुर फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा एपिएफका बस्याल सिरिजभर १२ गोल गरेर हाई स्कोरर, नेपाल प्रहरी साँगाको नसिव योञ्जन प्लेअर अफ द टुर्नामेन्ट, एफिएफका रोशन बुढा उत्कृष्ट गोलकिपर र एपिएफका दिपेश गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् ।
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले विजेता टिम र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमले क्रमशः रु ६० हजार, रु ४० हजार र रु २० हजार नगद प्राप्त गरेका छन् ।
प्रतियोगितामा आयोजक नेपाल पुलिस स्कुलका दुई टिमसहित १५ विद्यालयका १६ टिमले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउट आधारमा सञ्चालन भएको प्रतियोगितामा प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कूल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यमिक विद्यालय, सशस्त्र प्रहरी विद्यालयलगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका १६ टिमले प्रतिस्पर्धा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण