बाजुरा भूकम्प अपडेट : रास्कोटमा चर्किए घर
शनिबार, ०६ पुस २०८१, ०९ : ०७

सुर्खेत । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पका कारण रास्कोटमा घरहरु चर्किएका छन् ।
कालिकोट जिल्लाको रास्कोट नगरपालिका अन्तर्गत वडा नं ३ र ४ का केहि बस्तीमा रहेका घरहरु चर्किएका हुन् । शनिबार बिहान ४ बजेर १४ मिनेटमा आएको भूकम्पका कारण वडा नं.३ र ४ का केही टोलहरुमा क्षती पुर्याएको छ ।
त्यस्तै वडा नं. ३ का अलि कुमाल ४ का खेमराज संन्ज्याल मन बहादुर शाही , नमराज शाही, बर्ज सुनारको घरहरु चिराचिरा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर शाहीले भौतिक क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको बताए । 'हामीले सबैतिर आफै फोन गरेर बुझ्ने काम गरिरहेका छौँ,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने
-
पार्किन्सन्स रोगको सहुलियतमा उपचार हुने यी हुन् सात अस्पताल
-
नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
एमआरपीमा ९२ कम्पनीलाई करोड बढी जरिवाना, अझै कडाइ गर्ने विभागको अडान
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण