वर्तमान सरकारलाई असफल हुने छुट छैन : महासचिव पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरतालाई समाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को आज यहाँ आयोजित छैटौ केन्द्रीय बैठकमा उनले राजनीतिक स्थायित्वका निम्ति कांग्रेससँग गठबन्धन गर्नुपरेको बताए ।
“अब देशमा अस्थिरतालाई समाप्त पार्ने, राजनीतिक स्थायित्व कायम गर्ने तथा आवश्यकताअनुसार संविधान संशोधन गर्दै संरचनागत सुधारका लागि दुई ठूला पार्टी मिलेका हुन् । प्रमुख पार्टीले मिल्नु परेको हो,” उनले भने ।
प्रमुख दुई पार्टी मिलेर बनेको वर्तमान सरकारलाई असफल हुने छुट छैन भन्दै महासचिव पोखरेलले सरकारलाई सफल बनाउन पार्टीका वरिष्ठ नेताहरुले सक्रियतापूर्वक आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई अझ सुदृढ एवं सङ्गठित बनाउन नेता तथा कार्यकर्ताको सहयोग आवश्यक भएको विचार व्यक्त गरे । परिषद्का अध्यक्ष प्राडा दिनेशचन्द्र देवकोटाले अराजक गतिविधि रोक्न नेकपा (एमाले) मात्र नभई सबै राजनीतिक दल र नागरिक समाज पनि लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती टोली सार्वजनिक
-
सकिरा र बर्ना ब्वायको प्रस्तुतिले तात्यो उद्घाटन समारोह
-
मेक्सिकोमा फिफा विश्वकप २०२६ को भव्य उद्घाटन
-
ट्रम्पद्वारा इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द
-
वाल्मीकि विद्यापीठको नक्ली पत्र बनाएर विदेशीलाई भिसा दिलाउने विरुद्ध लिखत किर्तेमा अनुसन्धान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण