उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती टोली सार्वजनिक
सारांश
- फिफा विश्वकप २०२६ को उद्घाटन खेलका लागि आयोजक मेक्सिको र दक्षिण अफ्रिकाले आफ्नो सुरुवाती ११ सार्वजनिक गरेका छन्।
- मेक्सिकोका तर्फबाट राउल जिमिनेजले सुरुवाती टिममा स्थान बनाएका छन् भने १७ वर्षीय गिल्बर्टो मोरा अतिरिक्त खेलाडीको सूचीमा छन्।
- दक्षिण अफ्रिकाको टोलीमा बर्न्लीका स्ट्राइकर लाइल फोस्टर सुरुवाती सेटमा परेका छन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलका लागि आयोजक मेक्सिको र दक्षिण अफ्रिकाले आफ्नो सुरुवाती ११ सार्वजनिक गरेका छन्।
आयोजक मेक्सिकोको तर्फबाट वुल्भ्सका स्ट्राइकर राउल जिमिनेजले सुरुवाती टिममा स्थान बनाएका छन् । यसैगरी, यस विश्वकपकै सबैभन्दा कान्छा खेलाडीका रूपमा रहेका १७ वर्षीय डिफेन्डर गिल्बर्टो मोरा भने अतिरिक्त खेलाडीको सूचीमा छन् । यदि उनी मैदान प्रवेश गरेमा विश्वकप इतिहासकै दोस्रो सबैभन्दा कान्छो खेलाडी बन्नेछन् ।
अर्कोतर्फ, सन् २०१० मा आफ्नै देशमा आयोजना भएको विश्वकपपछि पहिलो पटक विश्वकप खेलिरहेको दक्षिण अफ्रिकाको टोलीमा बर्न्लीका स्ट्राइकर लाइल फोस्टर सुरुवाती सेटमा परेका छन् ।
मेक्सिकोको सुरुवाती ११ः
रन्जेल (गोलकिप), मोन्टेस, भास्क्वेज, रेयेस, गालार्डो, लीरा, फिडाल्गो, अल्भाराडो, गुटियरेज, जिमिनेज, क्विनोनेस ।
दक्षिण अफ्रिकाको सुरुवाती ११ः
विलियम्स (गोलकिपर), मोडिबा, म्बोकाजी, सिबिसी, मुदाउ, ओकोन, मोकोइना, सिथोले, एडम्स, फोस्टर, रेनर्स ।
यो खेल मेक्सिकोको घरेलु मैदान एस्टेका रङ्गशालामा नेपाली समयअनुसार शुक्रबार विहान १२ः४५ मा हुँदैछ हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को पहिलो ‘रेड कार्ड ’: दक्षिण अफ्रिकाका याया सिथोले मैदान बाहिर
-
पहिलो हाफ सकिँदा आयोजक मेक्सिको १–० ले अगाडि
-
क्विनोनेसको गोलमा आयोजक मेक्सिकोलाई सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ सुरु: उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
-
फिफा विश्वकप २०२६ सुरु: मेक्सिकोलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण