तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
सारांश
- फिफा विश्वकप २०२६ को उद्घाटन समारोह मेक्सिकोस्थित एस्टेका रङ्गशालामा भव्यताका साथ सम्पन्न भएको छ ।
- उद्घाटन समारोहमा विश्व प्रसिद्ध गायिका सकिराले नाइजेरियाका गायक बर्ना ब्वायसँग मिलेर विश्वकपको आधिकारिक गीत प्रस्तुत गरेकी थिइन् ।
- यो विश्वकप फुटबल इतिहासमै पहिलो पटक ४८ टोली सहभागी भएको संस्करण हो जसमा १०४ खेलहरू खेलिनेछन् ।
काठमाडौँ । फुटबल इतिहासकै सबैभन्दा ठुलो मेला ‘फिफा विश्वकप २०२६’ को मेक्सिकोस्थित ऐतिहासिक एस्टेका रङ्गशालामा भव्य सुरुवात भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा सुरु भएको यस प्रतियोगिताको उद्घाटन समारोहमा ल्याटिन कला, सङ्गीत र संस्कृतिको अद्भुत सङ्गम देखियो ।

उद्घाटन समारोहमा कलाकारहरू शिरदेखि पाउसम्म सुनौलो पोसाकमा सजिएर प्रस्तुत भएका थिए । समारोहको मुख्य आकर्षण विश्व प्रसिद्ध गायिका सकिरा रहिन् । उनले नाइजेरियाका चर्चित गायक बर्ना ब्वायसँग मिलेर विश्वकपको आधिकारिक गीत ‘लेट्स गो’ प्रस्तुत गरिन् । सकिराको प्रस्तुतिले रङ्गशालामा उपस्थित हजारौँ दर्शकलाई निकै उत्साहित बनाएको थियो ।

मेक्सिकन गायक अलेजान्द्रो फर्नान्डेजले राष्ट्रिय गान गाएर समारोहलाई औपचारिक रूपमा अगाडि बढाएका थिए । उनीसँगै माना, लस एन्जेल्स आजुलेस, लिला डाउन्स, बेलिन्डा, जे बाल्भिन र ड्यानी ओसन जस्ता चर्चित ल्याटिन कलाकारहरूको प्रस्तुतिले रङ्गशाला गुञ्जायमान भएको थियो ।
उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै छन्। यो विश्वकप फुटबल इतिहासमै पहिलो पटक ४८ टोली सहभागी भएको संस्करण हो । आजदेखि सुरु भएको यो महाकुम्भमा १०४ खेलहरू खेलिनेछन् । रङ्गशालाभित्र देखिएको यो भव्यताले विश्वभरका फुटबल प्रेमीहरूलाई नयाँ उत्साह प्रदान गरेको छ ।








तस्बिरहरु विभिन्न एजेन्सीहरुको सहयोगमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० हजार घुससहित वडा सचिव अख्तियारकाे फन्दामा
-
डोजर आतंकको तीन महिना : बरु थपिए सुकुमबासीका पीडा, व्यवस्थापन लथालिङ्ग
-
महिनावारीको पीडा : कति रगत बग्नु स्वाभाविक हो, कहिले अस्पताल जाने?
-
पीआर लिएका दुई नापी अधिकृतलाई स्पष्टीकरण साेधियाे
-
दक्षिण एसियाली समन्वय समिति : १३ सदस्यीय समिति गठन
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण