४९ दिनमा सकियो ‘होस्टेल ३’
काठमाडौँ । फिल्म ‘होस्टेल ३’ को छायाङ्कन ४९ दिनमा सकिएको छ । फिल्मको छायाङ्कन शुक्रवारबाट सकिएको निर्देशक सशान कँडेलले जानकारी दिए । फिल्मको रिलिज मिति फागुन १६ बताइएको थियो । अहिले आएर यो मितिमा रिलिज हुन नसक्ने बताइएको छ ।
‘होस्टेल’को तेस्रो श्रृखलाको रुपमा निर्माण भएको ‘होस्टेल ३’मा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
‘होस्टेल’ शृङ्खलाबाट अनमोल केसी, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, सुशील सिटौला लगायत कलाकार यस अगाडि उदायका थिए ।
‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् । कथा निर्देशक कँडेलकै हो । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मससँगको सहकार्यमा निर्माण गरेको हो ।
अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर रहेको फिल्ममा शङ्कर कोइराला कार्यकारी निर्माता, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सह–निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण