४९ दिनमा सकियो ‘होस्टेल ३’

काठमाडौँ । फिल्म ‘होस्टेल ३’ को छायाङ्कन ४९ दिनमा सकिएको छ । फिल्मको छायाङ्कन शुक्रवारबाट सकिएको निर्देशक सशान कँडेलले जानकारी दिए । फिल्मको रिलिज मिति फागुन १६ बताइएको थियो । अहिले आएर यो मितिमा रिलिज हुन नसक्ने बताइएको छ ।
‘होस्टेल’को तेस्रो श्रृखलाको रुपमा निर्माण भएको ‘होस्टेल ३’मा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
‘होस्टेल’ शृङ्खलाबाट अनमोल केसी, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, सुशील सिटौला लगायत कलाकार यस अगाडि उदायका थिए ।
‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् । कथा निर्देशक कँडेलकै हो । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मससँगको सहकार्यमा निर्माण गरेको हो ।
अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर रहेको फिल्ममा शङ्कर कोइराला कार्यकारी निर्माता, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सह–निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहासन ढल्यो तर मानसिक दासत्व अझै बाँकी छ
-
सशस्त्र र नेपाल प्रहरीको विधेयकमा आधा दर्जन ‘दोहोरोपन’
-
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
-
‘अहिलेको विधेयकले दुईवटा सुरक्षा संगठनको बिचमा द्वन्द्व गराउँछ’
-
मधेस प्रदेश : जागिर छोड्ने प्रहरीको संख्या बढ्दो
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि