गाभिने भए होन्डा–निशान
टोकियो । जापानी अटो निर्माता कम्पनी होन्डा र निशानले गाभिने घोषणा गरेका छन् । यी दुई कम्पनी गाभिएपछि बन्ने कम्पनी विश्वको तेस्रो ठुलो अटो निर्माता बन्नेछ ।
विश्वभर खनिज इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापित गर्ने नीति बढ्दै गइरहेको समयमा जापानको दोस्रो र तेस्रो ठुलो कार निर्माता गाभिन लागेका हुन् ।
सोमबार दुई कम्पनीले मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । निशानको अलायन्स मेम्बर मिसुबिसीले पनि आफ्नो व्यवसायलाई मर्जरपछि बन्ने कम्पनीमा विलय गराउन सहमति जनाएको छ । नयाँ कम्पनीअन्र्तगत होन्डा र निशानले आफ्नो सञ्चालन एकीकरण गर्ने होन्डाका प्रसिडेन्ट तोशिहिरो माइबले भनेका छन् । नयाँ व्यवस्थापनको नेतृत्व सुरुमा होन्डाले गर्नेछ । कम्पनीले दुवै कम्पनीको सिद्धान्त र ब्रान्डलाई आत्मसाथ गर्ने बताइएको छ ।
औपचारिक मर्जर सम्झौता जुनसम्म सम्पन्न गर्ने र सम्झौतालाई सन् २०२६ को अगष्टमा पूरा गर्ने पनि माइबले बताए । सम्झौता कतिमा भयो भनेर बताइएको छैन । औपचारिक मर्जर वार्ता भर्खरै सुरु भएको पनि उनले बताए । विद्युतीय कारको क्षेत्रमा प्रतिस्पर्धीहरूको तुलनामा जापानी कम्पनीहरू निकै पछाडि छन् । पछिल्लो समय यिनीहरूले खर्च कटाउने प्रयास तीव्र पारेका छन् । होन्डा, निशान र मिसुबिसीको बजार पुँजीकरणका आधारमा नयाँ बन्ने कम्पनी ५० अर्ब डलरभन्दा ठुलो आकारको बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण