विद्यालय शिक्षा विधेयकमाथि प्रदेश स्तरीय छलफल सुरु
काठमाडाैँ । विद्यालय शिक्षा विधेयकमाथि प्रदेश स्तरीय छलफल सुरु भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रदेश स्तरीय छलफल थालेको हो । मंगलबार सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो छलफल थालिएको छ ।
छलफलमा प्रदेश सभाका प्रमुख सचेतकहरू, प्रदेश सभाका सामाजिक विकास समिति सदस्यहरू, सामाजिक विकास मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव र शिक्षा हेर्ने महाशाखा प्रमुख, प्रदेश प्रमुख सचिव सहभागिता रहेको थियो ।
धनगढीको छलफलका क्रममा शिक्षाविद् डाक्टर विष्णु कार्कीले विषयवस्तुको प्रस्तुति दिएका थिए । समिति सभापति अम्मरबहादुर थापा, सांसद ईश्वरी घर्ती, ज्ञानु सुवेदी, महेन्द्र राय र रामप्रकाश चौधरी लगायतका समिति सदस्यहरूको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम प्रदेशबाट सुरु भएको सुझाव सङ्कलन कार्य पुस १५ गते मधेस प्रदेश पुगेर सकिनेछ । पुस १३ गते कोशी प्रदेशमा जाने समितिको तयारी छ । केन्द्रमा सरोकारवालासँग छलफल गरेको समितिले प्रदेश स्तरमा समेत सुझाव सङ्कलन गर्ने निर्णय गरेको थियो ।
२०८० भदौ २७ मा संसदमा दर्ता भएको विधेयकमाथि समितिमा सरोकारवाला, विज्ञ र संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको थियो । समितिले प्रदेशस्तरबाट आएको सुझावपछि विधेयकमा देखिएका विवाद समाधान गर्ने अपेक्षा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण