‘जलविद्युतको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ’
काठमाडौँ । सांसदहरूले नेपालको जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाले थप प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने धारणा राखेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा उनीहरुले राज्यले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको योगदानलाई भुल्न नहुने समेत बताए ।
संशोधनकर्ता सांसद गगन कुमार थापाले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको दायरा थप फराकिलो पार्नुपर्ने धारणा राखे । उनले स्थानीय तहलाई पाँच मेगावाट क्षमतासम्मको विद्युत् उत्पादन गर्न दिने प्रावधान उचित नहुने र त्यसलाई घटाएर तीन मेगावाट बनाउनुपर्ने सुझाव दिए । सामुदायिक विधुतीकरणको विषयलाई पूर्णता बन्देज लगाउन नहुने उनले बताए ।
थापाले सरकारको ५१ प्रतिशत स्वामित्व भएका जलविद्युत आयोजनाहरूका सन्दर्भमा प्रतिस्पर्धा गराउनुपर्नेमा जोड दिए ।
त्यस्तै सांसद जनार्दन शर्माले विद्युत् उत्पादन अनुमति पत्र लिएर होल्ड गर्ने वा विक्री वितरण गर्ने प्रवृत्ति रोक्ने विषयलाई कानुनमा नै व्यवस्था गर्नुपर्ने बताए । उनले काम गर्न सक्ने क्षमताका आधारमा नै विद्युत् उत्पादन अनुमति पत्र दिनुपर्ने धारणा राखे । आयोजनाका नाममा नदी होल्ड गर्ने समस्या अहिले पश्चिम क्षेत्रमा देखिएकाले यसलाई कानुन बनाएर समाधान गर्नुपर्ने उनले सुझाव दिए ।
त्यस्तै अन्य संशोधनकर्ता सांसदहरूले जलविद्युत आयोजना निर्माण गर्दा स्थानीयहरूलाई पनि सहज हुने गरी अघि बढाउने प्रावधानहरू कानुनमा नै समावेश गर्नुपर्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सीएम’ कक्ष
-
पर्यटन विधेयकमा संशोधन : पर्यटन प्राधिकरण स्थापना, पर्वतारोहण नियमन र स्थानीय रोयल्टी
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण