तारकेश्वरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । तारकेश्वर नगरपालिका–५ स्थित पार्क तथा पहिरो प्रभावित क्षेत्रमा हिमालयन कम्युनिटी प्रोजेक्टको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमअन्तर्गत करिब १५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ। मनसुनका बेला पहिरोको जोखिम न्यूनीकरण गर्नुका साथै पार्क आसपासका वन्यजन्तु, विशेषगरी बाँदरका लागि प्राकृतिक आहारको व्यवस्था गर्ने उद्देश्यले फलफूल र भू–क्षय नियन्त्रणमा सहयोग पुग्ने प्रजातिका बिरुवा रोपिएको हो।
कार्यक्रममा हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष रामप्रसाद सापकोटाले वातावरण संरक्षणलाई संस्थाको प्राथमिकतामा राख्दै वृक्षारोपण अभियानलाई निरन्तरता दिने बताए।
शनिबार आयोजित कार्यक्रमका तारकेश्वर–५ का वडाध्यक्ष शम्भु प्रसाद फुयालले पहिरो जोखिम न्यूनीकरण, वन्यजन्तुको आहार व्यवस्थापन र वातावरण संरक्षणमा यस्ता अभियानले महत्वपूर्ण योगदान पुग्ने बताए।
डिभिजन वन कार्यालय, काठमाडौंको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण