पत्रकार महासंघको नवनिर्वाचित कमिटीले थाल्यो काम, पदभारका तस्बिरहरु
काठमाडौँ । नेपाल पत्रकार महासंघको नवनिर्वाचन कार्यसमितिले काम थालेको छ । मंगलबार सञ्चारग्रामस्थित महासंघको कार्यालयमा निर्मला शर्मा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
सो अवसरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिचार स्वतन्त्रतालाई बन्देज लगाउने कार्यका विरुद्ध लड्नुपर्ने बताए । उनले लोकतन्त्रको सुन्दर पक्ष नै बिचार अभिव्यक्तिको स्वतन्त्रता भएको जिकिर गरे । सभामुख घिमिरेले पेशागत हकहितको संरक्षणका साथै आफ्नो मूल्यमान्यताका साथ अघि बढ्न महासंघलाई सुझाव दिए ।
संस्थाको नेतृत्वमा भइरहेको गतिविधिमा आफू सकारात्मक रहेको भन्दै उनले अव आउन सक्ने चुनौतीलाई पनि महासंघको नेतृत्वले सही ढंगले सामना गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै महासंघकी नवनिर्वाचित अध्यक्ष शर्माले श्रमजीवी पत्रकारको मुद्दामा महासंघ सदैव लड्ने बताइन् । विभिन्न आस्थाका आधारमा महासंघको चुनावमा प्रतिस्पर्धा गरेपनि महासंघमा आएपछि सबैलाई एकताबद्ध भएर अघि बढाउने उनको भनाइ छ ।
कार्यक्रममा महासंघका सबै नवनिर्वाचित केन्द्रीय कार्य समिति सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने नवनिर्वाचित अध्यक्ष शर्माले पदभार ग्रहण गरेकी थिइन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण