पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
बुधबार, १० पुस २०८१, १० : ०५
पोर्ट–ओ–प्रिन्स । क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली चलाएका छन् ।
हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने अन्य कैयौं घाइते भएका छन् । यो सार्वजनिक अस्पताल जुलाईअघि हिंसात्मक समूहले कब्जा गरेको थियो ।
गोली चल्दा पत्रकारहरू स्वास्थ्य मन्त्रीलाई पर्खिरहेका थिए । खबरका अनुसार गोली लागेर दुई जना पत्रकार र एक जना प्रहरीको मृत्यु भएको छ । हमला भिभ अन्सानम समूहले गराएको थियो । यो गोलीबारीपछिका कयौँ भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हाइटी क्यारिबियन सागर मा स्थित एक देश हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण