उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
बिहीबार, ११ पुस २०८१, १४ : ५०

मोरङ । मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त भएका छन् । उनलाई कोशी प्रदेशका मुख्यमन्त्री एवं सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री एवं सो विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राई, विश्व विद्यालयकाका पदाधिकारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो । कोशी प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले दुहवी नगरपालिका–५ का पोखरेललाई पुनः चार वर्षका लागि उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोराको प्रेमिकालाई आगो लगाएर हत्या गरी फरार बुवा पक्राउ
-
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
-
सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु
-
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
-
समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसान निराश
-
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता