गुणस्तरहीन मासु बरामद
बिहीबार, ११ पुस २०८१, १५ : ५७
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ११ बबरमहलस्थित कान्तिपुर मिट हाउसमा गुणस्तरहीन मासु र म्याद नागेको ससेज फेला परेको छ । कृषि तथा पशुपक्षी विभाग र वडाका जनप्रतिनिधिहरूसहितको अनुगमन टोलीले फ्रीजरमा भण्डारण गरिएका १४ प्याकेट म्याद नागेका ससेज र करिब ६० केजी गुणस्तरहीन मासु बरामद गरी नष्ट गरेको हो ।
अनुगमन टोलीमा कृषि तथा पशुपक्षी विभागका खाद्य प्रविधि अनिल बस्नेत र अशोक पराजुली तथा वडा नं. ११ का वडा सदस्य दीपेश राउत सहभागी थिए । टोलीले गुणस्तरहीन मासु फेला परेपछि पसल सञ्चालकलाई खाद्य स्वच्छतामा ध्यान दिनुपर्ने स्पष्ट निर्देशन दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण