मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनले सिंगो भारत शोकमा डुबेको बताएका छन् । बिहीबार राति पूर्वप्रधानमन्त्री सिंहको निधन भएलगत्तै सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले भारत आफ्नो सबैभन्दा प्रतिष्ठित नेता सिंहको निधनमा शोकमा डुबेको बताएका हुन् ।
प्रधानमन्त्री मोदीले लेखेका छन् : भारत आफ्नो सबैभन्दा प्रतिष्ठित नेता डा. मनमोहन सिंहको निधनमा शोकमा छ ।’ मोदीले सिंह सामान्य पृष्ठभूमिबाट उठेर प्रख्यात अर्थशास्त्री बनेको स्मरण गर्दै उनले अघि सारेको आर्थिक नीतिले भारतमा गहिरो छाप छाडेको बताएका छन् । त्यस्तै संसदमा पनि सिंहको योगदान निकै महत्वपूर्ण रहेको मोदीले भनेका छन् ।
प्रधानमन्त्री हुँदा सिंहले जनताको जीवनस्तमा सुधार ल्याउन व्यापक प्रयास गरेको समेत मोदीले स्मरण गरेका छन् । प्रधानमन्त्री हुनुअघि सिंह अर्थमन्त्री थिए । उनले अघि सारेको आर्थिक नीतिको प्रशंसा हुने गरेको छ ।
उनले दोश्रो पोष्टमा आफु गुजरात राज्यको मुख्यमन्त्री र सिंह प्रधानमन्त्री हुँदाको सम्बन्धबारे स्मरण गरेका छन् । मोदीले लेखेका छन् : ‘जब डा. मनमोहन सिंहजी प्रधानमन्त्री थिए र म गुजरातको मुख्यमन्त्री थिएँ, हामी दिनहुँ कुरा गर्थ्यौं। सुशासनका विभिन्न विषयमा गहिरो छलफल गर्थ्यौं । उहाँको बुद्धिमत्ता र नम्रता सधैं देखिने थियो। ओम शान्ति ।’
पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण