लिम्बू भाषामा चलचित्र ‘सेक्मुरी’ बन्ने
काठमाडौँ । चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ । लिम्बू भाषामा निर्माण हुने चलचित्र ‘सेक्मुरी’को ललितपुरको हात्तीवनस्थित माङहिममा शुभमुर्हत गर्दै निर्माण घोषणा गरिएको हो ।
लिम्बुनी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा लेखन तथा निर्देशन सुर्यप्रकाश चेम्जोङको रहेको छ । शुभमुर्हत कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्ष ज्योतिराज राई, नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घका निवर्तमान सङ्घीय अध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङका सङ्घीय सचिव यासेली योङहाङ लगायतका कलाकारको उपस्थिति रहेको थियो ।
पुस २३ गतेबाट चलचित्रको छायाङ्कन सुरु हुने निर्देशक चेम्जोङले जानकारी दिए । उनका अनुसार ‘सेक्मुरी’को छायाङ्कन पाँचथर, इलाम, काठमाडौँ र हङकङमा हुनेछ । रविनकुमार नाल्बो, चन्द्रकला नेम्बाङ, पूर्ण सेलिङ, घनेन्द्रराज फियाक, माया तामाङ र सुनाहाङ जबेगु निर्माण रहने ‘सेक्मुरी’को लागत ७५ लाख रहने निर्माणपक्षले जनाएको छ ।
‘मरेको मान्छेले सम्मान पाउनुपर्छ र प्रेमले जीवित या मृत आत्म उत्तिकै सम्बन्ध राख्छ’ भन्ने चलचित्र ‘सेक्मुरी’को मुख्य कथा हो । चलचित्रमा प्रेम सुब्बा, सागर केरुङ, बबिता फोम्बो, नरेश वनेम, पबी तेम्बे, पूर्ण सेलिङ, याम नेयोङ, इन्दु तुम्सा, डिआर हाङसरुम्बा, अल्का चोङबाङ, जानुका लिम्बु लगायतको अभिनय रहने छ ।
युवराज राईको छायाङ्कन, यासेली योङहाङको गीत, अशोक मुकारुङको सङ्गीत, साहिल खानको सम्पादन रहने चलचित्र २०८२ मा प्रदर्शनमा ल्याइने निर्देशक चेम्जोङले जानकारी िदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण