दक्षिण कोरियामा कायवाहक राष्ट्रपतिमाथि पनि महाभियोग
सोल । दक्षिण कोरियाले कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लगाएको छ । राष्ट्रपति यून सुक येओलमाथि महाभियोग लगाइएको २ हप्तामै कार्यवाहक राष्ट्रपति हान डक–सूमाथि पनि महाभियोग लगाइएको हो ।
शुक्रबार भएको मतदानमा १९२ जना सांसदहरूले उनीमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेका थिए । महाभियोग लगाउन १५१ मत चाहिएको थियो ।
डिसेम्बर ३ मा मार्शल ल लगाउने असफल प्रयासपछि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका थिए । अहिलेको राजनीतिक संकटको स्थितिबाट दक्षिण कोरियालाई हानले पार लगाउने ठानिएको थियो । हानले यूनको महाभियोग प्रक्रिया पूरा गर्न नमानेको र मार्शल ल नरोकेको भन्दै विपक्षी दलका सांसदहरूले उनीमाथि महाभियोग दर्ता गराए ।
शुक्रबार संसदमा यस प्रस्तावमा मतदान हुँदै गर्दा अराजककता देखिएको थियो । राष्ट्रिय सभाका सभामुख वू वन–शिकले महाभियोग प्रस्ताव पारित गर्न १५१ मत मात्रै चाहिने घोषणा गरेपछि यून र हानको सत्तारुढ दलका सांसदहरूले विरोध गरेका थिए । यूनविरुद्ध महाभियोग लगाउन २०० मत चाहिएको थियो । हानमाथि महाभियोग लगाउन सत्तारुढ दलको मत चाहिएन । विपक्षी दलकै सांसदहरूको मत पर्याप्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण