साका दुई महिनाभन्दा बढी मैदान बाहिर रहने
लण्डन । आर्सनलका म्यानेजर मिकेल आर्टेटालेले ह्यामस्ट्रिङको शल्यक्रियापछि बुकायो साका दुई वा सोभन्दा बढी महिना मैदान बाहिर रहन सक्ने बताएका छन् । २३ वर्षीय विंगर गत डिसेम्बर २१ मा क्रिस्टल प्यालेसविरुद्ध ५–१ को जित हासिल गर्ने क्रममा घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।
साका आर्सनलका लागि महत्त्वपूर्ण खेलाडी हुन् । उनले यो सिजन सबै प्रतियोगिताका २४ खेलहरूमा ९ गोल गर्नुका साथै १३ वटा गोलको अवसर सिर्जना गरेका छन् ।
साका घाइते भएपछिको पहिलो खेलमा शुक्रबार राति आर्सनलले इपस्विचलाई १–० हराउँदै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । खेलपछि आर्टेटाले साकाको चोटको अवस्थामा जानकारी दिए ।
‘उनको शल्यक्रिया भएको छ,’ आर्सनलका म्यानेजरले भने, ‘सबै कुरा राम्रो भएको छ । तर, दुर्भाग्यवश उनी धेरै हप्ता मैदान बाहिर रहनुपर्ने छ । मैले यहाँ धेरै हप्ता किन भनिरहेको छु भने यो २ महिनाभन्दा पनि बढी हुनसक्छ । मलाई ठ्याक्कै यति समय भन्ने थाहा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण