साका दुई महिनाभन्दा बढी मैदान बाहिर रहने

लण्डन । आर्सनलका म्यानेजर मिकेल आर्टेटालेले ह्यामस्ट्रिङको शल्यक्रियापछि बुकायो साका दुई वा सोभन्दा बढी महिना मैदान बाहिर रहन सक्ने बताएका छन् । २३ वर्षीय विंगर गत डिसेम्बर २१ मा क्रिस्टल प्यालेसविरुद्ध ५–१ को जित हासिल गर्ने क्रममा घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।
साका आर्सनलका लागि महत्त्वपूर्ण खेलाडी हुन् । उनले यो सिजन सबै प्रतियोगिताका २४ खेलहरूमा ९ गोल गर्नुका साथै १३ वटा गोलको अवसर सिर्जना गरेका छन् ।
साका घाइते भएपछिको पहिलो खेलमा शुक्रबार राति आर्सनलले इपस्विचलाई १–० हराउँदै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । खेलपछि आर्टेटाले साकाको चोटको अवस्थामा जानकारी दिए ।
‘उनको शल्यक्रिया भएको छ,’ आर्सनलका म्यानेजरले भने, ‘सबै कुरा राम्रो भएको छ । तर, दुर्भाग्यवश उनी धेरै हप्ता मैदान बाहिर रहनुपर्ने छ । मैले यहाँ धेरै हप्ता किन भनिरहेको छु भने यो २ महिनाभन्दा पनि बढी हुनसक्छ । मलाई ठ्याक्कै यति समय भन्ने थाहा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य
-
कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो