अदालतको निर्णयपछि ओल्मोले बार्सिलोनाका लागि खेल्न नपाउने खतरा
क्याम्प नाउ । बाँकी सिजनका लागि ड्यानी ओल्मोलाई दर्ता गर्न पाउनुपर्ने बार्सिलोनाको अपिललाई स्पेनको अदालतले खारेज गरेको छ । योसँगै स्पेनिस खेलाडीले जनवरी १ बाट क्लबका लागि थप खेलहरू खेल्न नपाउने खतरा बढेको हो ।
२६ वर्षीय ओल्मोलाई स्पेनिस क्लबले गत अगस्तमा जर्मन क्लब आरबी लेइपजिगबाट करिब ६ करोड युरोमा अनुबन्ध गरेको थियो । तर, ला लिगाको तलबको नियमका कारण बार्साले उनलाई सिजनको पहिलो भागका लागि मात्र दर्ता गरेको थियो ।
घाइते खेलाडीहरूका कारण पीडित भएपछि बार्साले ओल्मोलाई दर्ता गरेको थियो । यसमा घाइते खेलाडीहरूको तलबको केही अंश उनलाई दर्ता गर्नका लागि प्रयोग गरिएको थियो ।
उनको चार महिनाको तलबमान यही डिसेम्बरको अन्त्यमा समाप्त हुँदैछ । तर बार्सिलोनाको कमर्सियल कोर्टले उनलाई प्राविधिकरुपमा दर्ता गर्नका लागि गरेको अनुरोध अस्वीकार गरेको छ । क्लबको अपिललाई खारेज गर्ने अदालतको निर्णयलाई ला लिगाले स्वागत गरेको छ ।
स्पेनिस मिडियाका अनुसार बार्सिलोनाले यस निर्णयविरुद्ध मजिस्ट्रेट अदालतमा पुनरावेदन गरेको छ । यसको सुनुवाइ म्याद सकिनभन्दा एक दिनअघि सोमबार हुनेछ ।
स्पेनलाई युरो २०२४ को उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ओल्मोले यो सिजन बार्सिलोनाका लागि १५ खेलमा ६ गोल गरेका छन् । टोली यतिबेला ला लिगाको अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा टोली ३ अङ्कले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण