फाष्टट्र्याक प्रस्थान विन्दुको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् । शनिवार द्रुतमार्गको प्रस्थान बिन्दु मानिएको ललितपुरको खोकनादेखि बुङ्मती हुँदै फसिडोल सम्मको अवलोकन एवम् निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधानतर्फ लाग्ने बताएका हुन् ।
‘यो फास्ट ट्र्याक तराई र काठमाडौँ जोड्ने लाइफलाइन हो’ निरीक्षणका क्रममा मन्त्री दाहालले भने, ‘यसको प्रस्थानविन्दू कायम गर्ने विषयमा केहि चुनौती देखिएका छन् तर यी विषयलाई लम्बिन दिनुहुँदैन, सबैले समाधानको विकल्प खोजी गर्नुपर्छ ।’
खोकनादेखि बुङ्मती हुँदै फसिडोल क्षेत्रमा फाष्टट्र्याकको प्रस्थानविन्दू निर्माण गर्ने जग्गामा स्थानीयसँग लामो समयदेखि विवाद हुँदा प्रस्थान विन्दु निर्माण कार्य अघि बढ्न सकेको छैन ।
साथै सडक निर्माण एवम् विस्तार गर्दा कसैको पनि आस्था माथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक एवम् परम्परागत मान्यता र अस्थाहरुको संरक्षण गर्दै निकास निकाल्नुपर्ने बताए ।
फास्ट ट्र्याकले सर्वसाधारणको आवात जावत सहज पार्ने मात्र नभई नेपालको वैदेशिक व्यापारलाई समेत प्रवर्धन गर्ने भन्दै उनले समृद्ध नेपाल निर्माणको एउटा आधारमा रूपमा यसलाई लिइएको बताए।
मुआब्जा वितरण, क्षतिपूर्ति, मोही तथा गुठी आदिका विषयहरूलाई निराकरण गरी यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेको उनको भनाइ थियो । त्यस क्रममा मन्त्री दाहालले फाष्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाप्रति सरकारको उच्च भरोसा रहेको बताउँदै विकास निर्माणमा सेनाको योगदान सह्रानीय रहेको बताए ।
मन्त्री दाहाललाई नेपाली सेनाका मेजर रमेश आचार्यले फाष्टट्र्याक निर्माणको अवस्था, चुनौती एवम् विकल्पहरूका बारेमा ब्रिफिङ गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण