अरुणाञ्चलमा अलपत्र परेका जुम्लाका १४ मजदुरको उद्धार
शनिबार, १३ पुस २०८१, १३ : ३१
काठमाडौँ । भारत–चीन सिमाना नजिकै अरुणाञ्चलमा अलपत्र परेका १४ जना नेपालीको उद्धार गरिएको छ । जुम्ला घर भएका उनीहरूलाई ठेकेदारले ‘काम मिलाइदिन्छु’ भनेर अरुणाञ्चल लगेका हुन् ।
ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र परेका जुम्ला चन्दननाथ नगरपालिका मिचा गाउँका उनीहरूलाई उद्धार गरिएको नेकपा (माओवादी केन्द्र) जुम्लाकी सांसद छिरिङ ल्हामु लामाले रातोपाटीलाई बताइन् ।
अरुणाञ्चलबाट महेशजंग शाहीसँगको समन्वयमा उद्धार गरिएको सांसद लामाले जानकारी दिइन् । उनले भनिन्, ‘यहाँबाट आवश्यक खर्चको व्यवस्थापन गरेर उहाँहरूलाई जुम्ला फर्काउँदै छौँ ।’
सो समूहमा एकजना ६४ वर्षका वृद्ध पनि छन् । ठेकेदारले काम मिलाउने आश्वासन दिएर काठमाडौँ, सिक्किम र दार्जिलिङ लान्छु भनेर अरुणाञ्चलमा लगेर अलपत्र बनाएको पीडितहरूले भिडियोमार्फत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण