मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा
शनिबार, १३ पुस २०८१, १९ : ०९
काठमाडौँ । क्लिनिक वानले काठमाडौँ मण्डिखटारमा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ। बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शनिवार आयोजित औपचारिक कार्यक्रमका बिच रिबन काटेर क्लिनिक,ल्याबको उद्घाटन गर्दै सोही अवसरमा सञ्चालन गरिने नि:शुल्क स्वास्थ्य शिविर शुभारम्भ समेत गरेका हुन्।
यसअघि ललितपुरको जावलाखेल र भक्तपुरको ठिमीमा ल्याब तथा स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको क्लिक वानको यो काठमाडौँ जिल्लाको पहिलो तथा उपत्यकाको तेस्रो सेवा केन्द्र हो। उद्घाटनको अवसर पारेर शनिबारदेखि नै पाँच दिनसम्म नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
डाक्टर परामर्श, ईसीजी, युरिक एसिड, सुगर, कोल्स्टोल जाँच नि:शुल्क तथा भिडियो एक्स-रेमा ५० प्रतिशत, ल्याब टेस्टमा २५ प्रतिशत तथा खोप र औषधिमा ११ प्रतिशत छुट दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण