श्रीलंकका पूर्वराष्ट्रपति विक्रमासिंघेद्वारा लुम्बिनी भ्रमण
रुपन्देही । श्रीलंकाका पूर्व राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । विक्रमासिंघेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनसँगै पुष्करणी पोखरी, अशोक स्तम्भको भ्रमण गरेका हुन् ।
पूर्वराष्ट्रपती विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका दिलिपसिंह राई, विकास लामाले खादाले स्वागत गरेका थिए । परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघेले मायादेवी मन्दिरको दर्शनसँगै पूजाआजा र परित्राण पाठ गरेका थिए ।
उनले लुम्बिनीको पछिल्लो अवस्थाबारे चासो राख्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गरे । श्रीलंका बुद्धिस्ट देश भएकाले पूर्वराष्ट्रपतिले लुम्बिनीको रुचिपूर्वक भ्रमण गरेको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।
उक्त अवसरमा कोषका तर्फबाट राजदूत पूर्व राष्ट्रपति विक्रमासिंघेलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । निजी भ्रमणमा आएका उनले बुद्धजन्मस्थल लुम्बिनीसँगै बृहत्तर लुम्बिनीका अन्य क्षेत्रहरूको समेत भ्रमण गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण