‘ग्रामीण क्षेत्रमा विकासले गति लिन थालेको छ’
ढोरपाटन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दूरदराजका ग्रामीण क्षेत्रमा विस्तारै विकासले गति लिन थालेको बताएका छन् । बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा आज मोटरेवल पुल उद्घाटन गर्दै उनले प्रदेश सरकारले विकास नभएका ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
विसं २०७७ मा निर्माण सुरु भएको पुल गत मङ्सिरमा निर्माण सम्पन्न भएको थियो । विसं २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भए पनि समयमा काम सम्पन्न भएको थिएन ।
मुख्यमन्त्री पाण्डेले सरकारले सीमित स्रोत र साधानकाबीच नागरिकका आवश्यकतालाई पूरा गर्नुपर्ने बाध्यता रहेको भन्दै क्रमिक रूपमा विकास हुँदै जाने उल्लेख गरे । सडक विकासको मुख्य आधार रहेकाले बस्तीबस्तीमा सडक पुर्याउने काम भइरहेको उनले जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले स्थानीय तहसँग सहकार्य गरेर जनताका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “अहिले ग्रामीण बस्तीमा विस्तारै विकासले गति लिन थालेको छ, सबैतिर एकै पटक विकास गर्न सम्भव हुँदैन, क्रमिक रूपमा योजनाबद्ध भएर काम गरिरहेका छौँ । सडकले नागरिकको जनजीवनमा परिवर्तन ल्याएको विश्वास छ ।”
बोङ्गादोभानमा पुल बनेपछि साना तथा ठूला सवारीसाधन सञ्चालन गर्न समस्या नहुने स्थानीय बताउँछन् । पुलको रु दुई करोड ७१ लाख २७ हजार नौ सय ६४ मा निर्माण सम्पन्न भएको हो । यहाँ पुल बनेपछि तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट नर्जाखानी, तमान, स्याउला, खुङ्खानी, थास्पुरीलगायत गाउँमा पुग्न सहज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण