चीनले किन देशभर विशेष बन्दी गृह बनायो ?
बेइजिङ । चीन सरकारले देशभरमा विशेष बन्दी गृह बनाएको छ । राष्ट्रपति सी चिनफिङले आफ्नो भ्रष्टाचार विरोधी अभियान फराकिलो बनाएसँगै संदिग्धहरूलाई राख्न चीनले २०० भन्दा धेरै विशिष्ट बन्दी गृह बनाएको वा विस्तार गरेको आफ्नो अनुसन्धानका क्रममा फेला परेको सीएनएनले जनाएको ।
सिले पछिल्लो समय भ्रष्टाचार विरोधी अभियानलाई तन्काएर सत्तारुढ कम्युनिस्ट पार्टी बाहिरसम्म पुर्याएका छन् ।
सीले यो अभियानलाई आफ्ना विरोधी, सम्भावित प्रतिस्पर्धीमा मात्रै सीमित राखेका छैनन् । निजी क्षेत्रका उद्यमी र विद्यालय अनि अस्पतालका प्रशासकहरूसम्मै पुर्याएका छन् । यी बन्दी गृहमा संदिग्धहरूलाई तीनका वकिल वा परिवारका सदस्यहरूलाई समेत भेट्न नदिईकन ६ महिनाससम्म राखिएका छन् ।
दशकौँसम्म कम्युनिस्ट पार्टीको अनुशासन हेर्ने एकाइले भ्रष्टाचार वा अन्य दुराचारमा मुछिएका कार्यकर्ताहरू सोधपुछ गर्न गोप्य र गैरकानूनी थुनामा राख्दै आएको थियो ।
भ्रष्टाचारसम्बन्धी छानबिनमा परेका अधिकारीहरूलाई महिनौँसम्म बेपत्ता पारिन्थ्यो । सन् २०१८ मा व्यापक आलोचना सीले विवादास्पद ‘शुआन्गुई’ अभ्यास खारेज गरेका थिए । तर गोप्य तरिकाले थुनामा राख्ने चलन भने हटेन ।
तर नयाँ कानुन ल्याएर यसलाई झनै बलियो बनाए । यी थुना केन्द्रमा बन्दीको सुरक्षामा खासै सुधार नभएको आफ्नो नामक नखुलाउने सर्तमा प्रतिवादीका एक वकिलले बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण