‘हुलाकी सडकले तराई–मधेशका जनतालाई सहज’
वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले हुलाकी सडकको निर्माणले तराई–मधेशका जनतालाई आवतजावत गर्न सहज भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्ला कमिटीले आज पर्साको प्रसौनी सखुवा गाउँपालिकामा आयोजना गरेको बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले तराई–मधेशका जनतालाई हुलाकी राजमार्गले धेरै कुरामा सहजता ल्याएको बताए ।
“विगतमा आवतजावत गर्नका लागि निकै सास्ती हुने गरेको थियो । अहिले हुलाकी राजमार्ग निर्माणसँगै सहज रुपमा आवतजावत गर्न सकिएको छ,” उनले भने, “सरकारले हुलाकी राजमार्गलाई अघि बढाएकाले पनि यहाँका जनताले राम्रो प्रतिफल प्राप्त गर्न सकेका छन् ।”
मन्त्री गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सङ्घीय मन्त्रिपरिषद्को बैठकले पर्साको १५ शय्याको पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न निर्णय गरेको मन्त्री गुप्ताले जानकारी दिए । “सङ्घीय मन्त्रिपरिषद्को यही पुस ९ गते बसेको बैठकले पर्साको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गरेर सेवा विस्तार गर्ने निर्णय गरेको छ ।”
मन्त्री गुप्ताले भने, “यसअघि जिल्लामा भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय सदरमुकाम वीरगञ्जमा मात्रै थिए । यसले ग्रामीण भेगका सेवाग्राही मालपोत र नापी कार्यालयका सेवा लिनका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यता रहेको थियो । तर अबदेखि भने घरआँगनमा नै जनताले सेवा पाउने वातावरण बनेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण