लागु औषधसहित दुई जना पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । १ सय ६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्साको भवानीपुर चोकबाट १ सय ६० किलोग्राम लागु औषध गाँजासहित दुई जना पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ स्थितको प्लाष्टि कारखाना अगाडिबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका– ७ का ४४ वर्षीय कृष्ण घलान र चितवन झुरझुरे–३ का २० वर्षीय रोनाल विश्वकर्मा रहेका छन् ।
विशेष सूचनाको आधारमा चेकजाँच गर्दा प्रहरीको टोलीले परवानीपुरबाट ड्राइपोर्टतर्फ आउँदै गरेको ना३ख ४२१२ नम्बरको ट्रकबाट गाँजा बरामद गरिएको हो ।
ट्रकभित्र फल्स बनाइ लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा १० किलोग्राम तौल भएको १६ वटा गाँजाको पोको बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
बरामद गाँजासहित ट्रक तथा व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना आयोगको शक्ति अर्थ मन्त्रालयमा केन्द्रित हुँदा विकास सुस्त : डा. पुष्पराज कँडेल
-
बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने
-
कर्रा खोलाले ट्रक बगायो, चालकले पौडेर ज्यान जोगाए
-
युक्रेनका लागि ५० हजार आक्रमणकारी ड्रोन किन्दै जर्मनी
-
‘परराष्ट्र नीति, सम्बन्ध र सोचाइहरू पश्चिमा मुलुकबाट प्रभावित भएजस्तो छ’
-
२०५० सम्म विश्वमा क्यान्सरका नयाँ बिरामी ७० प्रतिशतले बढ्ने डब्लुएचओको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण