‘ट्वाइलेट पेपरले ट्वाइलेट सिट नपुछ्नु’
टोकियो । जापानी शौचालय निकै उन्नत र परिष्कृत छन् । ट्वाइलेटमा म्युजिक प्लेयर, स्वचालित फ्लश र तातो हुने सिटसम्मका प्रविधिहरू देख्न पाइन्छ । तर यी प्रविधिका एउटै दुस्मन छ, त्यो हो ट्वाइलेट पेपर ।
टोटो जापानको शीर्ष ट्वाइलेट बाउल मेकर हो । गएको हप्ता मात्रै कम्पनीले प्रयोगकर्ताहरूलाई ट्वाइलेट पेपरले ट्वाइलेटको सिट नपुछ्न भनेको थियो । यसरी पुछ्दा सिट कोतरिने कम्पनीको भनाइ थियो ।
सामाजिक सञ्जालमा ट्वाइलेट सिट कोतरिएको र रंग खुइलिँदै गएको गुनासोसहितका पोष्टहरू आएपछि कम्पनीले यस्तो सुझाव दिएको हो । डिटर्जेन्टको असरलाई सहन सक्ने र जटिल खालको आकारमा समेत ढाल्न सकिने भएकाले ट्वाइलेटको प्यानका सिट प्लाष्टिकले बनाइने टोटोका एक प्रतिनिधिले स्थानीय पत्रिका माइनिची शिम्बुनलाई बताए ।
तर यी सिटलाई ट्वाइलेट पेपर वा सुख्खा कपडाले पुछ्दा नदेखिने स–साना दाग बस्ने अनि यसमा फोहोर जम्मा हुँदै गएर रंग फेरिन सक्ने उनको भनाई थियो । प्रयोगकर्तालाई ट्वाइलेटको सिटलाई ट्वाइलेट पेपरले नपुछ्न सल्लाह दिने टोटो एक मात्रै कम्पनी भने होइन । यसअघि सफाइ विज्ञहरूले पनि यस्तै खालको सुझाव दिइसकेका छन् ।
सुख्खा ट्वाइलेट पेपरको सट्टामा नरम कपडालाई पानी पा डिटर्जेन्टमा चोपेर ट्वाइलेट सिट पुछ्न भनिएको छ । ट्वाइलेट सिटको सतहलाई क्षति पुर्याउन सक्ने भएकोले थिनर, नाइलन वा धातुको स्क्रबरहरू प्रयोग गर्दै नगर्न पनि सुझाव दिइएको छ । कम्पनीले नकोरिने सामाग्री खोजिरहेको भएपनि अहिले ट्वाइलेट सिट बनाउन प्रयोग गरिने सामाग्री परिवर्तन गर्ने योजना नभएको टोटोले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण