पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण
काठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन् । ७ पुसमा भएको पद हस्तान्तरण कार्यक्रममा काम विशेषले अनुपस्थित रहेका घिमिरेले मंगलबार अनामनगरस्थित कार्यालयमा पदभार सुरु गरेका हुन् ।
महासंघ केन्द्रीय सदस्य एवं निवर्तमान प्रदेश कोषाध्यक्ष अर्जुन पन्तले उनलाई कोष हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले कोषाध्यक्ष लेखा राख्ने पद मात्र नभई कोष वृद्धिको जिम्मेवारी बहन गर्ने बताए । पत्रकार कल्याणकारी कोषको व्यवस्थापनमा आफ्नो अर्जुन दृष्टि रहने प्रतिबद्धता प्रकट गर्दै घिमिरेले कोषाध्यक्ष पदको गरिमा बढाउने गरी मतदाताले दिएको जिम्मेवारी पूरा गर्ने प्रण गरे । उनी यसअघि महासंघ जिल्ला शाखा भक्तपुरको सचिव रहेका थिए ।
पद हस्तान्तरण कार्यक्रममा प्रदेश समितिका अध्यक्ष टेनिस रोका र महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले घिमिरेले अघि सार्ने प्रदेशको कोष वृद्धि र पत्रकार कल्याणकारी योजनामा आफूहरूको पूर्ण साथ र सहयोग रहने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : महर
-
ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)
-
बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमन
-
काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी
-
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
-
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण