भेनेजुएलामा टिकटकलाई १ करोड डलर जरिवाना
कारकास । भेनेजुएलाको सर्वोच्च अदालतले चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकलाई १ करोड डलर जरिवाना तिराएको छ । एपमा भाइरल भइरहेका च्यालेञ्जहरूलाई रोक्न नसकेको अनि यसका कारण तीन जना बालबालिकाको मृत्यु भएको भन्दै सोमबार कम्पनीलाई मजिस्ट्रेट तानिया डी’अमेलियोले ८ दिनभित्र राष्ट्रिय सञ्चार आयोग (कोनाटेल)लाई १ करोड डलर जरिवाना तिर्न आदेश दिएकी छिन् ।
यो रकम भाइरल च्यालेन्जका पीडितहरूलाई क्षतिपूर्ति दिने विशेष कोष स्थापनामा प्रयोग हुने बताइएको छ । भेनेजुएलामा कम्पनीको प्रतिनिधित्व गर्ने कार्यालय खोल्न पनि डी’अमेलियोले टिकटकलाई आदेश दिएकी छिन् । यो फैसला पालन गरेन भने टिकटकले कस्तो परिणाम भोग्नु पर्नेछ भन्नेबारे भने अदालतले केही पनि बताएको छैन ।
यस्ता भाइरल च्यालेन्जका कारण तीन जना बालबालिकाको मृत्यु भएको र अन्य कयौँ. चपेटामा आइरहेको डी’अमेलियोले बताएकी छिन् । तर उनले यसका विस्तृत विवरण भने दिएकी छैनन् । भेनेजुएला सरकारले यस अघि सामाजिक सञ्जाल मञ्चमाथि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण