विचाराधीन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न कांग्रेसको आग्रह
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले संसदमा विचाराधीन विधेयकहरूलाई संसद्को आगामी अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरूलाई आग्रह गरेको छ । बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहेका सांसदहरूलाई यस्तो आग्रह गरेको हो ।
समितिमा रहेका विधेयकहरूको अवस्था र ती विधेयकहरू पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको पार्टीका सहमहामन्त्री जीवन परियारले बताए । उनले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसद्का अर्थ, शिक्षा, कानुन, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरूसँग छलफल गरेको बताए । उनले समितिहरूमा १५ वटा विधेयकहरू विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै संसद्को हिउँदे अधिवेशन सुरु हुँदासम्म सबै विधेयक टुंगोमा पुर्याउन सांसदहरूलाई आग्रह गरिएको बताए । सांसदहरूले समितिमा विचाराधीन विधेयकहरू टुङ्गोमा पुर्याउन तदारुकताका साथ काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
उनले भने, ‘हामीलाई के विश्वास छ भने समितिमा जतिसक्दो छिटो यी विधेयकहरूलाई अन्तिम टुंगोमा पुर्याएर संसद्को अगामी अधिवेशनमा यी पन्ध्र वटै विधेयकहरू पारित गर्नको लागि हामीले माननीय सदस्यहरूसँग आग्रह गरेका छौँ । उहाँहरूले पनि तदारुकताका साथ विधेयकमाथि समितिमा छलफल गरेर अन्तिम टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’
गत बिहीबार सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण