कुशलको कीर्तिमानमा श्रीलंकाको सान्त्वना जित
नेल्सन । कुशल परेराको शानदार शतकको मद्दतले श्रीलंकाले न्युजिल्याण्डलाई बिहीबार तेस्रो टी–२० खेलमा ७ रनले पराजित गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ११ रन मात्र जोड्न सक्यो ।
न्युजिल्याण्डका लागि रचिन रवीन्द्रले तीव्र गतिमा रन बनाउँदै अर्धशतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले ३९ बलमा ६९ रनको योगदान दिए । यस क्रममा उनले ४ चौका र ४ छक्का हिर्काएका थिए ।
ओपनर टिम रोबिनसनले २१ बलमा ३७ रन तथा डेरल मिचेलले १७ बलमा ३५ रनको योगदान दिए । रोबिनसनले २ चौका र २ छक्का तथा मिचेलले १ चौका र ४ छक्का प्रहार गरे ।
खेलको अन्त्यतिर कप्तान मिचेल स्यान्टनर र जाकारी फोल्क्ससँग मिलेर न्युजिल्याण्डका लागि आठौँ विकेटका लागि रेकर्ड साझेदारी गरेका थिए । स्यान्टनरले १४ तथा फोल्क्सले २१ रन बनाए ।
श्रीलंकाका लागि चरिथ अशलंकाले ४ ओभर बलिङ गर्दै ५० रन खर्चेर ३ विकेट लिए । वानिन्दु हशरंगाले २ तथा नुवान थुसारा र विनुरु फर्नान्डोले १–१ विकेट लिए ।
यसअघि, कुशल परेराले ४६ बलमा १ सय १ रन जोडेपछि श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो । उनले आफ्नो इनिङ्समा १३ चौका र ४ छक्का प्रहार गरे ।
योसँगै उनी श्रीलंकाका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । ७६ खेलमा उनले २ हजार ५६ रन जोडेका छन् । उनले यस क्रममा १ शतक र १५ शतक जोडेका छन् । दोस्रो स्थानमा कुशल मेन्डिस रहेका छन् । उनले ७८ खेलबाट १ हजार ९२० रन बनाएका छन् ।
बिहीबारको खेलमा उनलाई कप्तान चरिथ अशलंकाले २४ बलमा ४६ रन बनाउँदै राम्रो साथ दिए । त्यस्तै, कुशल मेन्डिसले १६ बलमा २२ रन तथा अभिष्का फर्नान्डोले १२ बलमा १७ रन जोडे ।
न्युजिल्याण्डका लागि म्याट हेनरी, ज्याकब डफी, जाकरी फोल्क्स, मिचेल स्यान्टनर र डेरल मिचेलले एक–एक विकेट लिए ।
सुरुवाती दुई खेल जित्दै न्युजिल्याण्डले यस अघि नै तीन खेलको शृङ्खलामा कब्जा जमाइसकेको थियो । श्रीलंकाका लागि यो जित सान्त्वना जित बन्यो । अब दुई टोली टोलीले आइतबारदेखि ३ खेलको एक दिवसीय शृङ्खला खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण