सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरवालाको बहस जारी
पोखरा । सहकारी ठगी सहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतका मुद्दामा कास्की जिल्ला अदालतमा बिहीबार पनि थुनछेक बहस भएको छ । अघिल्लो २ दिन सरकारी वकिलहरूको तर्फबाट बहस भएकोमा बिहीबार जाहेरवालाको तर्फबाट कानुन व्यवसायीले बहस गरेका हुन् ।
वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र डा. दिनेश त्रिपाठी, अधिवक्ताहरू युवराज पराजुली, वेदबहादुर (बिबि) विष्ट, पुण्यप्रसाद पराजुली र रामचन्द्र गौतम गरी ६ जनाले बहस गरेका हुन् । उनीहरुले खासगरी सहकारी बचतकर्ताको रकम फिर्ताका लागि हाल उपस्थित गराइएका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको थप अनुसन्धान गर्नुपर्ने बहस पैरवी गरेका थिए । शुक्रबार पनि जाहेरवालाको तर्फ केही कानुन व्यवसायीहरूले बहस गर्ने र प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस प्रारम्भ हुने स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसमेत ६३ जनालाई प्रतिवादी बनाइएको मुद्दा जिल्ला अदालतमा दायर भएको छ । ती प्रतिवादीहरुविरुद्ध कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले थप संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा अभियोगपत्र दायर गरेको थियो ।
प्रतिवादीहरुमध्ये हाल हिरासत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्व सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, जिबी राईकी साझेदार लीला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद एवं सहकारीकी पूर्वउपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसंचालक कृष्णबहादुर गुरुङको सम्बन्धमा न्यायाधीश नीतिज राईको इजलासमा बहस थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण