म्युजिक खबर अवार्डको १२ औँ संस्करण सुरु
काठमाडौँ । म्युजिक खबर म्युजिक अवार्डको १२ औँ संस्करण सुरु भएको छ । आयोजकले एक विज्ञप्ति जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुल्ला भएको जनाएको हो ।
विसं २०६९ सालबाट निरन्तर रूपमा आयोजना हुँदै आएको अवार्डको १२ औँ संस्करणका लागि स्रष्टा कलाकारहरूलाई आफ्नो सिर्जना सहभागी गराउन सक्नेछन् ।
अवार्डमा राष्ट्रिय भाव, चलचित्र, आधुनिक, लोकदोहोरी, पप र कल्चरल गीत गरेर विभिन्न ३८ विधामा अवार्ड बाँडिनेछ ।
‘स्तरीय एवं मौलिक सङ्गीतको धार–नेपाली गीत सङ्गीतकार आधार’ भन्ने मूल नारा लिएर आयोजना गरिँदै आइएको यस अवार्डलाई शुभकामना मिडिया सोलुसनले आयोजना गर्दै आएको हो । म्युजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्डमा म्युजिक खबर फाउन्डेसनले सहकार्य गर्दै आएको छ ।
गीतसङ्गीत क्षेत्रमा क्रियाशील गायक गायिका, सङ्गीतकार, गीतकार, निर्देशक, मोडल, छायाकार, सम्पादकहरूको लागि प्रोत्साहन र सम्मानको महोत्सवका रूपमा लिइँदै आइएको यस अवार्डमा अग्रजदेखि अनुजसम्मका स्रष्टा कलाकार सहभागी हुँदै आएका छन् ।
म्युजिक खबरले कार्यक्रममा दीर्घ साधना सम्मान, रजत सङ्गीत सम्मान, दशक सङ्गीत सम्मान, युवा प्रतिभा प्रोत्साहन सम्मान, सङ्गीत पत्रकारिता सम्मान, डायस्पोरा सङ्गीत सम्मान र बाल प्रतिभा सङ्गीत सम्मान समेत प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
-
दक्षिण अफ्रिकाका वरिष्ठ प्रहरी अधिकारीमाथि घातक हमला
-
प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ, विरोधमा सुकुम्बासी मोर्चा आन्दोलनमा
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण