माओवादीले ग्रासरुट सुशासनमा बढी जोड दिने, समाजवादी विकास मोडेल ल्याउन सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूले समाजवादी धाराको विकास गर्ने गरी योजना बनाउनु पर्नेमा सुझाव दिएका छन् । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकमा बोल्दै अधिकांश नेताहरूले सबै स्थानीय तहमा समाजवादको आधारशिला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी विकासको मोडलसहित ग्रासरुट सुशासनमा ध्यान दिनुपर्ने गरी सुझाव आएको जानकारी दिए ।
‘अलि बढी जोड दिएर समाजवादी धाराको विकास, अर्थनीति, शिक्षानीति, स्वास्थ्यनीति, बजारनीति सबै पालिकामा समाजवादको आधारशिला खडा गर्ने तयारी भन्नेमा सबैको धारणा आएको छ । स्थानीय तहमा हामीले १२३ तहमा नेतृत्व गरिरहेका छौँ’, उनले भने, ‘ग्रासरुट सुशासनमा बढी जोड दिनुपर्छ । जरादेखि टुप्पासम्म र टुप्पादेखि जरासम्म राग पैदा गर्नुपर्छ । पोजेटिभ भाइब्रेसन पैदा गर्नुपर्छ भन्नेमा सबैले धारणा राख्नुभएको छ ।’
यस्तै पार्टीले अगाडि सारेको दुई वटा अभियानलाई सफल बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनले बताए । बैठकको सुरुमै प्रचण्डले आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक दस्ताबेजबारे संक्षिप्तमा नेताहरूलाई जानकारी गराएका थिए । समसामयिक विषय, पार्टी रूपान्तरण, सरकारी क्रियाकलाप, संविधान संशोधनका बारेमा नेताहरूले धारणा राखेको सापकोटाले बताए । शुक्रबारको बैठकमा ३० जना स्थायी समिति सदस्यहरूले धारणा राखेका थिए । शनिबार २ बजे बस्नेगरी स्थगित भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण