सूर्यदर्शन सहकारी ठगी प्रकरण : अभियोगपत्र प्रमाणको खिलापमा दर्ता भएको प्रतिवादीको दाबी
पोखरा । सूर्यदर्शन सहकारी ठगीसहितका मुद्दामा जारी बहसका क्रममा शुक्रबार प्रतिवादी छविलाल जोशी र लिला पछाईंका कानुन व्यवसायीहरूले आफ्नो तर्क पेस गरेका छन् ।
बहसमा सहभागी हुँदै छविलाल जोशीका कानुन व्यवसायी जगन्नाथ ढकालले अभियोगपत्र दर्ता गर्दा प्रमाण पुष्टि हुने कागजात नै नभएको बताए । ‘उहाँले पैसा लिएको देखिएको छैन । शेयर हालेको कुरा आएको छ । तर शेयर हाल्दा पैसा पनि दिइएको छैन, छोडेपछि पैसा पनि लिइएको छैन,’ उनले भने, ‘नेचर हब्समा २७ दिनमा छोड्नुभएको छ । गोर्खा मिडिया पनि ५ महिना नपुग्दै छोड्नुभएको छ । सबै हेर्दा प्रमाणको खिलापमा अभियोग दर्ता भएको छ ।’
अर्का अधिवक्ता अपूर्व खतिवडाले सहकारीसँग जोशीको कुनै साइनो नभएको बताए । ‘छविलाल सहकारीको सञ्चालक पनि छैनन् । शेयर सदस्य पनि होइनन् । सहकारीसँग कुनै साइनो छैन,’ उनले भने, ‘सहकारीबाट कुनै ऋण लिएका पनि छैनन् । जुन रकम गोर्खा मिडिया र नेचर हब्समा गएको छ, गोर्खा मिडिया र नेचर हब्सलाई अभियोगमा प्रतिवादी बनाइएको छैन ।’ उनीहरुले पूरक अभियोगमा हदम्याद हुनुपर्ने बताए । ‘२०८० असोज १८ गते मूल अभियोगपत्र दायर भयो । लामो समयपछि पूरक अभियोगपत्र दायर भएको छ । हदम्याद किन राखिएन ?’ बहसका क्रममा उनीहरुले भने ।
जोशीका तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा र कृष्ण खरेलले बहस गर्नेछन् । शुक्रबार नै लिला पछाईंको तर्फबाट बहस गरेका अधिवक्ता डा. गणेशबहादुर भट्टराईले ‘बोस’ को सहयोगी भएकोले पछाईंको गल्ती नरहेको बताए । ‘सहकारीको सदस्य होइन । सञ्चालक पनि छैन । माग फारम भरेर कर्जा लिएको होइन । जीबी राईको सहयोगीको रूपमा काम गर्दै आउनुभएको हो,’ उनले भने, ‘जीबीले खातामा पैसा जम्मा गरिदिएका हुन् । कसैले जम्मा गरिदिएको पैसाको स्रोत थाहा हुनुपर्दैन । बोसले जम्मा गरिदिएको पैसाको स्रोत खोज्ने कुरा पनि भएन ।’
आइतबार जोशीको पक्षबाट बहस सकिएपछि रवि लामिछानेका कानुन व्यवसायीहरूले बहस थाल्ने जिल्ला अदालत कास्की स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण