काठमाडौँ । नेपाल र चीनबिच भएको भैँसीको मासु निर्यातसम्बन्धी सम्झौताको विरुद्धमा विभिन्न संघ संस्थाले शनिबार विरोध प्रदर्शन गरेका छन् । अहिंसा परमोधर्म भन्दै उनीहरूले शान्तिपूर्ण पद यात्रा गरेका हुन् ।
_MKzX6I3uEn.jpg)
नेपाल देवभूमि भएको र यसलाई दानवको राज्य नबनाउन उनीहरूको माग छ । उनीहरूले चीनसँग गरिएको सम्झौता खारे गर्न भनेका छन् ।
_IVVTggAc7G.jpg)
नेपालले वार्षिक साढे एक अर्ब अमेरिकी डलर बराबरको मासु निर्यातका लागि चीनसँग समझदारी गरेको छ । नेपाल तर्फबाट हिमालयन फुड इन्टरनेसनल र चीनको साङ्घाई जी याङ फुड कम्पनी लिमिटेडबिच राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता भएको हो । यी दुवै कम्पनी निजीस्तरका हुन् ।
_GknsmYrEEX.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा मासु निर्यात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएपछि चिनियाँ पक्षले नेपाली मासुको गुणस्तर सम्बन्धी मस्यौदा पठाइसकेको छ । सो मस्यौदामा पशुसेवा विभागले काम गरिरहेको छ ।
_eRPrecp2CI.jpg)
_PfR1J3uihg.jpg)
_bqSExW8d2u.jpg)
_1WZqPXllcH.jpg)
_Op2JccgLAQ.jpg)
_CKiAlWkXPT.jpg)
_s1qiiYboYq.jpg)
_5sUEocCokL.jpg)
_vUTmbCRuiL.jpg)
_cDqWD8acpK.jpg)
_TjkPyalonL.jpg)
१ प्रतिक्रिया