१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङको नाममा काटिएको एक करोड ३५ लाख रुपैयाँको चेक बाउन्सले खैलाबैला मच्चिएको छ ।
- सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन नयाँ मार्गदर्शन जारी गरेको छ ।
- बागमती सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेले भाखा सार्दै आएको छ ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. आशिका तामाङको नाममा काटिएको चेक बाउन्सले खैलाबैला
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङको नाममा काटिएको एक करोड ३५ लाख रुपैयाँको चेक बाउन्सले खैलाबैला मच्चिएको छ ।
२. बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्दै नयाँ मार्गदर्शन जारी गरेको छ ।
३. बागमती सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
बागमती सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेले भाखा सार्दै आएको छ । एमालेका मन्त्रीहरूले राजीनामा दिने भनिए पनि उक्त निर्णय तत्काल कार्यान्वयन नगर्ने भन्दै एमालेले भाखा सारेको हो ।
४. छात्रालाई अश्लील म्यासेज गर्ने शिक्षकहरू पक्राउ
मोरङको सुन्दर हरैंचास्थित सुकुना माद्यमिक विद्यालयका छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई शिक्षक र एक चालक छन् ।
५. पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्रीले गरे छलफल
प्रधानमन्त्री बालेन शाहले सोमबार पुँजीबजारका सरोकारवालासँग छलफल गरेका छन् । उनले जायज माग पूरा गर्ने आश्वासनसमेत दिएका छन् ।
६. सार्वजनिक बिदा पुनरवलोकन गरिने
सरकारले सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
७. श्रीलंकाबाट फर्के लगत्तै बढ्यो प्रचण्डको सक्रियता
श्रीलंका भ्रमणबाट फर्के लगत्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियता बढेको छ । प्रदेश सरकार फेरबदलको तयारी भइरहेको समयमा उनले छलफल थालेका छन् ।
८. प्रदेश सरकारबारे के भन्छ कांग्रेस ?
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टी प्रतिपक्षविही प्रदेशको पक्षमा नरहेको प्रस्ट पारेका छन् । प्रदेशमा सरकार फेरबदलको तयारी भइरहेको समयमा उनले आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन् ।
९. सार्वजनिक खरिद ऐनको संशोधनले कस्तो प्रभाव पार्छ ?
सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन २०८३ कार्यान्वयनमा ल्याएसँगै निर्माण व्यवसायीले केही राहत महसुस गरेका छन् । सरकारले विकास निर्माणका काममा हुने गरेको ढिलासुस्ती अन्त्य गर्ने उद्देश्यले ऐनमा समयानुकुल सुधार गरेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
१०. औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
औषधि मूल्य अनुगमन समितिले भारतीय बजारको मौजुदा मूल्य प्रणालीलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्न औषधि परामर्श परिषद्को बैठकमा प्रस्ताव गरेको छ ।
११. झ्याप–झ्याप जाने बत्ती
रातको करिब दुई बज्दै थियो। बाहिर झमझम पानी परिरहेको थियो, तर देशभरका घरभित्र भने महौल तातिएको थियो ।
अर्जेन्टिना र स्पेनबिचको फिफा विश्वकप २०२६ को फाइनल भिडन्तले नेपाली फुटबलप्रेमीहरूको मुटुको ढुकढुकी बढाएको थियो। कसैको हातमा रिमोट थियो, कसैको नजर मोबाइलको स्क्रिनमा। होटल, रेस्टुरेन्टदेखि हरेकका बैठक कोठाहरू रंगशालाजस्तै गुञ्जायमान थिए।
१२. विश्वकप फुटबलको उपाधि स्पेनलाई
अर्जेन्टिनालाई स्तब्ध तुल्याउँदै स्पेनले विश्वकप फुटबलको उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण